Skip to main content

विद्यार्थी जीवन

समृद्ध जंग अधिकारी

कक्षा : दश (भोटेकोशी)

विद्यालयको जीवन सुन्दर, ज्ञानको हो आँगन
सपना बोकेर आउँछौँ सफलतामा लाग्न
साथीहरूको हाँसोमा रमाइलो पल बित्छ
सीप र संस्कार सिक्दै उज्यालो बाटो फुल्छ ।

बिहान छिटो उठ्यो लेख्न र पढ्न
पढेपछि भाग्यो स्कुलको तयारी गर्न
बिहान खुसी हुँदै झोला भिर्छु
विद्यालय गएर केही नयाँ सिक्ने आशा गर्छु ।

विद्यालयमा पुग्दा पहिला साथी देखिन्छ
साथीलाई देखेर मन खुसीले भरिन्छ
सुरूमा भेट्दा के कुरा गरौं गरौं जस्तो लाग्छ
कुराकानी सुरू भएपछि मनले कुरा बन्द गर्नबाट रोक्छ ।

कक्षामा प्रवेश गर्दा अगाडिको बोर्डले ज्ञानको भोक जगाउँछ
शिक्षकको कुरा सुन्न मनले जीउ शान्त बनाउँछ
उहाँले सधै पढाउन पूर्ण रूपमा प्रयास गर्नुहुन्छ
विद्यार्थीले केही नयाँ सिकुन्‌ भन्ने चाहनुहुन्छ ।

विद्यालयको सम्झना रहिरहन्छ जीवनभरि
शिक्षक, साथी सबै याद आउँछ हृदयभरि ।
यहाँ सिकेको पाठले भविष्य उज्यालिन्छ
विद्यालयको माया सदा मुटुभित्र बसिरहन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children