सानै हातमा थियो भविष्यको नक्सा
तिनको आँखामा थियो उज्यालो प्रकाश ।
देशलाई राम्रो बनाउने सपना लिएर आएका ती बालमन
किन रोकियो तिनीहरूको बाटो, कसरी निभे ती दीपज्यान ?
हामी शोकले भरिएका छौँ
तिनीहरूको नाम हावामा उडिरहेका छन् ।
तिनीहरूका अधुरा सपना
आज पनि हाम्रो हृदयमै रोइरहेका छन् ।
तर सरकारसित एउटा प्रश्न छ
अझै जनताका छातीभित्र आगो बलिरहेछ
किन पदको चमक ठूलो देखियो ?
किन शाक्तिको आवाज चिच्चायो ?
हाम्रा तारा हामीबाट टाढा भए
तर उनीहरूको चमक मर्न लागेको छैन
उनीहरूले खोजेको उज्यालो
अब हामीले बोक्ने जिम्मा टाढा छैन ।
यो देश तिनकै हो
जसले न्याय मागिरहेछन्,
र सरकार
इतिहासले एक दिन सोध्छ नै
सत्ता बचाउन
निस्कलङ्क सपनाहरू हरण गर्न कसले दियो ?
आज हामी श्रद्धाञ्जलीसँगै
यो प्रश्न पनि राख्छौं
उनीहरूको सपना
अब कहिल्यै च्यातिन नदिने प्रतिज्ञासँग ।