नेपालको जस्तो उदत्त संस्कार अरू कहाँ पाइन्छ र ?
'छन, लाखौं करोडौँ कला शिल्प यहाँ, कमी चाहिँके छर ?
मेची महाकालीमा रहेका सबै संस्कृति हुन, हाम्रा पौरख
के छ, कस्तो छ, रङ्गीन संस्कृति हाम्रो, अनुपम गौरव |
गाथा, ग्रन्थ, गीता सबै रहे हाम्रा अटल पहिचान बनी
भन्छौं हिन्दु, किराँत र इसाई, कोही छैनन् टाढा पनी ।
अतिथि देवो भवः को संस्कार मानी स्वागत गर्छौ हामी
विशाल विजय स्वरूप संस्कृति हाम्रो, स्वाभिमानी छौँ हामी ।
गोरखालीका छोराछोरी हामीले त लड्छौं बलवान बनी
सूर्य झैँ अटल र शीतल राशी बनी चाम्कन्छौंँ हामी
विवाहपछि महिलाको माथमा, रातो सिन्दुर, ओहो!
के गर्ने कसो गर्ने हामी सब यो, रङ्गीन गौरवको ?
होलीका रङले यता वरपर रङ्गीन बनाएको
देशको पहिचान हो हाम्रो, रङ्गीन संस्कार यो
चाडमा दिप बाली आरधनामा, ईश्वरलाई सम्झेको
दसैँमा भवानी तिहारमा लक्ष्मी, तीजमा पार्वतीको ।
साधारण नठानौँ होला हामीले यो विशाल संस्कार
जन्मेमा न्वारन, स्वर्गीयपछी श्राद्ध, के यो सामान्य हो र
हराउन त नदिऔँ है हाम्रा यी विशाल संस्कृतिलाई
उपहार दिन पाउँ यो संस्कार आउने पुस्तालाई ।