बिहानको घामले आँखा खोल्छ चिसो हावाले मन छोइदिन्छ
रूखका पात बेस्सरी हल्लिँदा मन पनि सँगै रमाइदिन्छ ।
नदी बग्छ आफूनै तालमा थाकेको मन शान्त पार्दै
चराको गीत कानमा पर्दा दुःखका कुरा सबै भुल्दै ।
हरियो वन, नीलो आकाश यी सबै मेरा साथी हुन्
हाँस्दा, रुँदा सधैं सँगै प्रकृति नै मेरो साथी हो |
हामीले माया गर्न सिकौँ यी फूल, रूख र धर्तीलाई
आज जोगायौँ भने भोलि पनि देख्न पाउँछौँ सुन्दर प्रकृतिलाई ।