मेरो पहिलो सासको कम्पन हौ आमा मेरो प्रार्थना तिमी
अँध्यारो समयको उज्यालो बनेर आउने आशा तिमी ।
तिम्रा चाउरी परेका हातहरूमा लेखिएका छन् हजारौँ कथा
आफू थाकेर पनि कहिल्यै नथाक्ने त्यही माया अपार |
भोक लाग्दा मायाले सुम्सुम्याउँदै काखमा राखी पेट भरिदिन्थ्यौ
डर लाग्दा मेरो सानो संसारलाई ढाल बनेर तिमीले छेकिदिन्थ्यौ ।
आफूना सपना खल्तीमा राखेर मेरो भविष्य बनाइरत्यौ
आँसु लुकाएर ओठमा मुस्कान सजाई मलाई बाँच्न सिकाइरह्यौ ।
तिम्रो काख कुनै साधारण ठाउँ होइन, त्यो त जीवनको विश्राम हो
तिम्रो हात त मेरा लगि लडेपछि उठ्ने अटल विश्वास हो ।
यदि कसैले भगवान् देखाउन भन्यो भने म तिमीलाई देखाउँछु आमा
सक्षम भएर तिम्रा सपना पूरा गर्न सकुँ यही छ मेरो कामना |