Skip to main content

न्यायको मार्ग

साम्भवी भण्डारी

कक्षा : नौ (गण्डकी)

न्याय समाजको आवश्यकता हो
न्यायको मार्गमा हिँड्न सजिलो हुँदैन
यस मार्गमा हिँड्न साहस चाहिन्छ
यसमा सत्यता रहेको हुन्छ ।
त्यसैले
न्यायको मार्ग अपनाउनुपर्छ
सङ्घर्षमा उत्रिनुपर्छ
मानिस त्यागी हुनुपर्छ
मानसिक रुपमा सबल हुन सक्नुपर्छ ।

समानता समाजको चाहना हो
यसमा धनी र गरीब बराबर हुन्छन्‌
न्यायमा कुनै विभेद हुँदैन ।
यो समानताको प्रतीक हो
भावनात्मक परिवर्तनको आधार हो ।
यसैले,
मानवीयताका लागि
न्याय अपरिहार्य छ
शिक्षामा न्याय हुनुपर्छ
संस्कृति र परम्परामा न्याय हुनुपर्छ
समाजको उत्थानमा न्याय हुनुपर्छ ।
यही सबैको आकाङ्क्षा हो
यही सबैको भावना हो
यही सबैको आवश्यकता हो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children