Skip to main content

श्रम

सम्राटजङ खत्री

कक्षा : नौ (बबई)

पढ्न थालेको बिहानदेखि कलम र कापी हातमा
सपना रहेको आँखाभरि आशा छ अनन्त रातमा
कहिले गाह्टो कहिले सजिलो यात्रा भने निरन्तर
सपना पूरा बनाउँछ मेहनत सबैलाई उत्तर ।

घामले पोल्छ दिनमा चिसोले काँप्छ रातमा
तर विद्यार्थी अडिग बन्छ ज्ञानको उज्यालो प्रकाशमा
कसैले भन्छन्‌ गाह्रो कसैले भन्छन्‌ सजिलो
तर प्रयासको फल मिठो हुन्छ फाली मनको मैलो ।

पढाइ मात्र होइन यहाँ अनुशासन पनि सिक्नुपर्छ
इज्जत समय संस्कारले जीवनलाई सजाउनुपर्छ
खेलकुद कला सङ्गीत पनि ज्ञानसँगै बग्छन्‌ धारा
सिङ्गो व्यक्तित्व बन्छ गरे सन्तुलनको तयार ।

गुरूको आशिष लिई अभिभावकको साथमा
विद्यार्थी बन्छ नायक यहाँ भविष्यको बाटोमा
परिश्रमले फुलाउँछ फुल, फल दिन्छ असीमित
इमान्दारी लगनशीलताले बनाउँछ जीवन सीमित ।

सपना छैन सस्तो कुनै श्रमले मात्र पूरा होस्‌
देश बनाउने हात तिनै जो मेहनतमा डुबेको होस्‌
विद्यार्थी हो हार नमान तिमीभित्र शक्ति छ अडान
तिमीले बनाउने भोलि आजै देउ ठूलो प्रमाण ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children