Skip to main content

सुनौलो जीवन

रिजेन बुढाथोकी

कक्षा : नौ (गण्डकी)

विद्यालयको आँगन रमाइलो संसार
सपना सजाउने उज्यालो आधार
ज्ञानको ज्योति फैलिन्छ यहाँ
विद्यार्थी जीवन फुल्छ जहाँ ।

साथीहरूको हाँसो झन झन मिठो
शिक्षाको उपदेश जीवनको दीप हो ।
पढाइ लेखाइ खेलकुद रमाइलो
विद्यालयका दिनहरू हुन्छन्‌ सुनौलो ।

बेलुकी बिहान घन्टीले बोलाउँछ
पाठशालाको बाटोले मनलाई तान्छ ।
अक्षरको पूजा सीपको बगैँचा
विद्यालय जीवन अमूल्य कुरा ।

गल्ती गरेका बेला पाउने सजाय
त्यो सजाय पनि शिक्षाको उपहार ।
आफूनो भविष्य यहीँबाट चम्किन्छ
विद्यालय जीवन सधैँभरि झल्किन्छ ।

सपना बोकेर अघि बढ्छौँ हामी
विद्यालयको सम्झना सबैभन्दा माथि ।
सिकाइको यात्रा अनन्त रहोस्‌
विद्यालय जीवन सधैँ मधुर बनोस्‌ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children