Skip to main content

देश नेपाल

समृद्ध भन्डारी

कक्षा : नौ (बबई)

हाम्रो प्यारो देश नेपाल
सुन्दर, शान्त विशाल
देशप्रतिको भावना अमर छ
यसमै हाम्रो नाम अडिएको छ ।

विश्वको छानो सगरमाथा
नेपालीको उच्च पारेको छ माथ
अग्ला पहाड र हरियाली डाँडाहरू
हिँड्छौँ उकाली र ओरालीहरू ।

तराइको समथर उर्वर भूमि
सुनौला धानका बाला झुलाउने हाम्रो भूमि
मन भुलाउने स्वर्गजस्तै सुन्दर ठाउँ
नेपाल नै हो यसको नाउँ ।

रङ्गीबिरङ्गी पन्छीहरू छन्‌ वरिपरि
भरनाबाट पानी बर्सिन्छ घरीघरी
मन लोभ्याउँछन्‌ डाँडाकाँडाले
हुँदय पग्लिग्छ चराका गीतले ।

प्रकृति छन्‌ अनेक थरी यहाँ
वनजङ्गल, नदीनाला जहाँ तहाँ
सुन्दर र आकर्षक हाम्रो नेपाल
छ सुन्दर, शान्त र विशाल |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children