Skip to main content

भविष्यको सपना

सोनिया घले

कक्षा : नौ (बबई)

अन्धकारमा कैयौं आवाज हराए
अन्यायका पिँजडामा सपनाहरू कराए
मनले भन्यो, "एकदिन न्याय आउँछ यहाँ
सत्यको उज्यालोले छोप्नेछ सबै त्रास जहाँ ।

धन र शक्तिले दबाउँछ कमजोरलाई
चुपचाप बसाउँछन्‌ निर्दोष आत्मालाई
तर मेरो सपना छ बलियो र विशाल
समान अधिकार दिलाउने समाज बन्छ खास ।

न्याय मात्र किताबका अक्षर नभए
जीवनमा सचेत कर्मका स्वर भए
सपना मेरो त्यो हो, सबैलाई सुन्ने
न्यायको बाटोमा दृढ भई अघि बढ्ने ।

जब आँसु पुसिन्छ निर्दोष नयनमा
सत्य विजयी हुन्छ जनताको मनमा
त्यो दिन सपनाले पाउँछ जीवन
न्यायका फूल फुल्छन्‌ धरतीको आँगन ।

म सपनामा होइन कर्ममै बाँच्छु
सत्य र न्यायका लागि निरन्तर लड्छु,
एकदिन यो धर्तीले गाउनेछ गीत
न्यायले भरिएको उज्यालो भविष्य दिन ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children