Skip to main content

मित्रता

हृदय बिक्रम थापा

कक्षा : नौ (बबई)

साँचो मित्र हुन्छ हाँसो र आँसुमा
सुख र दुःखको बाटोमा साथ दिन्छ हातमा
अन्धकारमा उज्यालो निराशामा आशा
मित्रतामा हुन्छ जीवनको सबैभन्दा ठूलो भाषा ।

मित्रबिना, संसार सुनसान जस्तो
उनी सँगै हुँदा दिन हुन्छ वसन्त जस्तो |
हृदयमा बस्छन्‌ मिठा सम्भानाहरू
मित्रले सजाउँछन्‌ जीवनका रहरहरू |

साँचो मित्रता पैसाले किन्न सकिँदैन
माया र विश्वासबिना मित्रता जन्मिँदैन ।
सहयोग, आदर र सम्मानमा बाँधिन्छ
साँचो मित्रता सदैव अमर भइ गाँसिन्छ ।

जीवन छोटो छ तर मित्रता लामो
यही हो मानवताको असली नाम ।
साँचो मित्र पाउँदा व्यक्ति भाग्यशाली बन्छ
मित्रताको महत्व जीवनभर रहन्छ ।

साथ तिम्रो र मेरो कहिल्यै नछुटोस्‌ बितोस्‌ राम्रोसित
हाँसो र आसु बाँड्दै बितुन्‌ यी मिठा दिन ।
दूरीले पनि कहिल्यै भत्काउन नसकोस्‌ यो प्रित
साँचो मित्रता चम्किरहन्छ सधैं बनिरहोस्‌ अमर रीत ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children