Skip to main content

अनुशासन

प्रतिम दुलाल

कक्षा : नौ (बबई)

अनुशासन भनेको जाग्नु हो
तपाईंलाई मन नलागे पनि ।
सपना पुरा गर्न, सङ्घर्ष गर्न
यो जीवनको मूल आधार हो ।

कठिन परिस्थितिमा अगाडि बढ्नु हो
तपाईं ठिक हुनुहुन्छ भनेर जान्नु हो ।
जब सबै कुरा असम्भव लाग्छ
अनुशासनले नै तपाईलाई अगाडि लैजान्छ ।

अनुशासनले जीवनको कठिन यात्रा सजिलो बनाउँछ
जहाँ बाटो कठिन छ, त्यहीँ साथी बन्नेछ |
सपना पुरा गर्न यही शक्ति छ
मेहनत र धैर्यले जीवनलाई सफल बनाउनेछ ।

जब बिचलन आउँछ दिशाहीन लाग्छ
अनुशासन नै हो जसले हर्ष ल्याउँछ ।
सपना साँच्नका लागि मन दृढ बनाउन
तपाईंको यात्रा अब अझ सहज बनाउन |

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children