Skip to main content

सानो संसार

चाँदिरा पाण्डे

कक्षा : आठ (इन्द्रावती)

मेरो परिवार मेरो सानो संसार हो
माया र विश्वासको सुन्दर आधार हो ।
आमाको ममता बाबाको साथ र दिदीको तागत
बनाउँछ सुन्दर र प्यारो मेरो जगत्‌ |

यो सुन्दर संसारमा मेरी आमा तिमीले ल्याएकी
दुःख सहेर भएपनि मलाई हुर्काएकी ।
प्यारी छौ तिमी मेरी आमा
माया र दयाले भरिपूर्ण छ तिम्रो छायाँ ।

मेरो ओठको मुस्कानको कारण बाबा हो
जीवनको सबैभन्दा ठूलो सहारा हो |
थाके पनि कहिल्यै नहार्ने
मेरो सपना पूरा गर्न सधैं लागि रहने |

दिदी मेरो पहिलो साथी हो
मेरो सुख दुःखको पनि साथ हो ।
गाली गर्छिन्‌ तर मन भने सफा
उनी हुन्‌ मेरो जीवनको सहारा |

मेरो परिवार मेरो शक्ति हो
अँध्यारोमा उज्यालो द्वीप हो ।
सपना पुरा गर्ने हौसला दिन्छ
सपना साकार गर्न सधैँ साथ दिन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children