Skip to main content

गाउँको घर

सान्सिया रेग्मी

कक्षा : आठ (इन्द्रावती)

ढुङ्गाको पाली भत्किएर आँगनमा खसेको
ढोकाको काठ निस्किएर पर उछिटिएको ।
भझारैझार उग्रिएर आँगन सारा ढाकेको
करेसाका सुन्तला, केराले खानलाई डाकेको ।

खाना पाक्ने चुल्होमा किराहरू गुनगुनाएको
छानाबाट चुहिने पानीका थोपाले कथा सुनाएको ।
खरको छाना कुहिएर छिया छिया परेको
भाँचिएको दलानबाट ढुङ्गा र धुलो झरेको ।

बाबाको गाउँको त्यो पुरानो घर आँखामा बसेको
छोडेर आउँदा आँखाबाट एक थोपा आँसु खसेको ।
पुर्खाको गाउँ सम्झेर ल्याउँदा चसक्क हुन्छ मेरो मन
हजुरबा आमा सम्झिँदा म अझ झस्किन्छु झन |

बाबाको सपना साकार पार्दै घरआँगन सजाऔँ
पुरानो भए पनि घर त्यसैमा मलम लगाऔँ ।
मेहनत र इमानले परिवारको भविष्य उज्यालो बनाऔँ
सुख र दुःख सँगै बाँडी खुसी जीवन बनाऔँ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children