सूर्य उदाउँछ आशा बोकेर
हरियो पातले भन्छ जीवनको कथा ।
श्रम र पसिनाले सजिन्छन् सपना
मान्छेको मुटुमा हुन्छ प्रेमको नाता ।
बग्छन् नदीहरू गीत गाउँदै धारा
पंक्षीलो गाउँछन् मिठो गाना
माटोमा आउँछ मेहनतको सुगन्ध
धरतीले पनि मुस्काउँदै दिन्छ अन्नको दान |
जीवन एउटा सुन्दर यात्रा हो हामी सँगै हिँड्ने
सपना देख्दै हामी खुसी भई अगाडि बढ्छौँ सधैँ
दुःख सुख दुबै आउँछन् जीवनमा हामी नडराई हिँड्छौँ
माया विश्वास र हिम्मत लिई अगाडि बढ्छौँ ।
शिक्षाले देखाउँछ उज्यालो बाटो
ज्ञानले फुकाउँछ अज्ञानको गाँठो ।
एकता र मायाले फैलाउँछ उज्यालो
मानवता बन्छ जीवन चम्किलो आधार ।
आशा बोकेर अगाडि बढौँ सबै
श्रम र सिपले सजाऔँं यो जग ।
सपना साकार पार्ने हाम्रो सङ्कल्प
सुन्दर बनाऔँ हाम्रो नेपाल र जग ।