प्रकृति हाम्रो जीवनको आत्मा हो
यसले दिन्छ शन्ति र रमाइलो
हरियाली वन, फूल र नदी
सबै मिलेर बनाउँछन् सुन्दर धर्ती ।
हिमालको शिखर चाँदी जस्तै चम्कन्छ
सूर्यको किरणमा सुनौलो रङ झल्किन्छ
हावा सरसर आकाश निलो
मन भरिन्छ सुन्दरता चित्तजस्तो ।
पन्छीको चिरबिर मधुर स्वर
मनमा ल्याउँछ आनन्दको रस
वनको शान्ति, खोला र झरना
प्राकृतिको खजाना अमूल्य रचना ।
तर आज प्रकृति रोइरहेछ
मानवको लोभमा नष्ट भइरहेछ
वन मासिन्छ, नदी प्रदूषित
सुन्दर धर्ती हुनु हुँदैन पीडित ।
आउ सबैले प्रकृति जोगाऔं
हरियाली जीवनलाई फेरी सजाऔँ
सुन्दर भविष्य हाम्रो हातमा छ
प्राकृतिक सौन्दर्य असली सम्पति हो साचौँ ।