हाम्रो प्यारो देश, हाम्रो पहिचान
राष्ट्रियता बोकेको झण्डामा गर्वको सम्मान ।
अग्लो सगरमाथा, विश्वकै शिखर महान्
हिमालकै मायामा अडेको छ नेपालको प्राण ।
नदीनाला, पहाड, हरियाली मनै लोभ्याउने
खोला, नाला झरना सबै रमणीय लाग्ने ।
वनजङ्गल, चराचुरूङ्गी, पशुपंक्षीको स्वर
प्रकृतिको सुन्दरताले हृदयमा भर्ने रङ्नगीन रस |
चालचलन, भेषभूषा, चाड-पर्व थरि-थरि
पुस्ता-पुस्ता सर्दै आएको परम्परा, संस्कार ली |
करूणा विश्वास, सद्भाव र मिलनको धुन
एकता हामी सबै मिलेर बनेको सुन्दर जुन |
साहसी, वीर, बहादुर हाम्रा पुर्खाको परिचय
देशका लागि ज्यान दिने हाम्रा पुर्खाको विजय ।
त्यही रगत, त्यही मिहिनेत हामीभित्र बगिरहेको छ
सगरमाथाजस्तै अडिग भएर अघि बढ्नु हाम्रो कर्तव्य छ ।
सगरमाथाले गौरव बढाएको अनि उचाइ पनि बढाएको
देशप्रेम र एकताको भावना जगाएको ।
हाम्रो सगरमाथा, हाम्रो शान हिमालमाथि उठेको माथ
यसैको छायाँमा चम्कियोस् सदा हाम्रो विश्वास ।