जीवन एउटा अमूल्य हो उपहार
सबैलाई बराबर जिन्दगीको सार
जीवनलाइ राम्ररी बुझेपछि जब
यसको अर्थ गहिरोसँग देखिनेछ तब |
जीवनमा कुनै दिन खुसी पनि आउँछ
कहिले भने दुःखका बादल नै मडारिन्छ
साहसले पाइला चाल समय बगिरहन्छ
हरेक चुनौतीमा सम्भावना रहिरहन्छ ।
हामी प्रत्येक दिन सिक्दै जान्छौँ
साना गल्तीले ठुलो पाठ सिक्छौँ
धैर्य गर सफलता बिस्तारै पाइन्छ
जीवनमा निरन्तर परिश्रम चाहिन्छ ।
त्यसैले लक्ष्य छोड्नु हुँदैन
आत्मविश्वासको बाटो मोड्नु हुँदैन
इमानदार बनेर लक्ष्य समाउनुपर्छ
जीवनलाई सदा सुन्दर बनाउनुपर्छ ।