पढेर लेखी नजाउ हेर विदेशी बाटोमा
गरेमा श्रम सुननै फल्छ स्वदेशी माटोमा |
क्रणको भारी बोकेर जान्छौ कमलो छातीमा
विदेशी बनी बेदना खप्दै दिन र रातिमा ।
भएका बुढा बाआमा हेर छोडेर घरमा
फर्केर आफ नबस तिमी बिदेशी डरमा |
शिक्षित बनी फर्केर आउ नेपाली माटोमा
खोलेर छाती हाँसेर हिँड नेपाली बाटोमा ।
गरेर काम राखेर नाम नेपाल आमाको
संस्कृति धर्म जोगिन्छ तब हामीले कमाको ।