Skip to main content

वेदना

अभिराज थापा

कक्षा : सात (कर्णाली)

कहाँ गयौ कता तिमी, नदेखिने भयौ यहाँ
रूँदै म खोज्छु आउ है, भनूँ अब म त कहाँ ?
मलाई छाडी एक्लै नै, कहाँ गयौ तिमी भन
सुताउँथ्यौ मलाई ती, कथा सुमधुर धुन ।

मिठो खुवाउने कता, गयौ तिमी सदा सब
मलाई काखमा लिने, कता गयौ कहाँ अब?
पुतली झैँ उङूँ सधैँ, खुसी भई म त वर
लुकी बस्यौ कता भन, रून्छु म त यहाँ घर |

गए पिता नि काममा, भएँ म एक्लै नै यहाँ
झरे नि आँसुका धारा, थामूँ म त अब कहाँ ?
समय बाणले यहाँ, दुख्यो मुटु सधैँ रून्छु
तिम्रो सधैं यो यादमा, यहाँ म एकलै हुन्छु ।

आकाशमा गयौ कि ती, तारा बनी बलेकी छौ
यो मनमा सधैँभरि, ज्योति बनी बलेकी छौ ।
म हेर्छु ती तारातिर, दिव्य भइ खुलेकी छौ
तिमीले कसरी त्यहाँ मलाई नै भुलेकी छौ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children