किताब भनेको सबैभन्दा प्यारो मित्र हो
यो त अनन्त ज्ञानको एउटा विशाल चित्र हो
अक्षरभित्र यहाँ नयाँ नयाँ संसार खुल्छ
हरेक शब्दभित्र जीवनको गहिरो अर्थ लुक्छ ।
पढ्दा लाग्छ कति रमाइलो मनमा खुसी छाउँछ
नपढ्दा त जीवनको सार छुटेजस्तो लाग्छ
कहिले कथाको संसार कहिले विज्ञान र ज्ञान
किताबले नै दिन्छ मानिसलाई एउटा नयाँ पहिचान ।
किताबले सिकाउँछ हामीलाई सही कुरा सोच्न
मीठा सपना देख्न अनि ती सपनाहरूलाई बुन्न
हारेको बेला हिम्मत दिन्छ, भन्छ कहिल्यै नडराउनु
अँध्यारोलाई चिरेर अघि बढ्न कहिल्यै नहतासिनु ।
अज्ञानताका अन्धकारलाइ ज्ञानका ज्यातिल मेट्छ
किताब पढ्ने मान्छेले नै संसारको सार भेट्छ
यो यस्तो धन हो जसलाई कसैले चोर्न सक्दैन
जति बाँड्यो उति बढ्छ, कहिल्यै रित्तिन जान्दैन ।