Skip to main content

बसन्तको मिठास

ईजय लाल प्रधान

कक्षा : छ (वरूण)

बगैँचामा फुल्यो आज रातो त्यो गुलाब
हावामा छरियो मिठो सुगन्धको आभास
पन्छीको गीत यो हृदयमा जाग्यो
खुसीको मधुर धुन जताततै लाग्यो ।

सूर्यको किरण सुनौलो त्यो रङ्गमा
उज्यालो भरियो धर्तीको अङ्गमा
पर-पर पहाडमा हरियाली सहर
मनमा छरियो आज आनन्दको रहर ।

बसन्त आयो यहाँ हाँसोलाई बोकी
प्रकृति सजियो आज मायाले होकि ?
नयाँ आशा पलायो, उज्यालो छ साथ
जीवन बनोस्‌ मिठो बसन्तको हात ।

बसन्तले ल्याउँछ चारैतिर खुसी
चराहरू गाउँछन्‌ रुखैमा बसी
फुलेका छन्‌ फूलहरू कति राम्रा-राम्रा
सुन्दर दृश्य देख्दा खुसी मन हाम्रा ।

पुरानो त्यो रुप फेर्दैछन्‌ ती रुखले
नयाँ पालुवा पलाए मेट्दै तिर्खा भोकले
भमरा नि झुल्छन्‌ फूलको त्यो रसमा
संसार नै रमायो बसन्तको देशमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children