म हुँ एउटी चरी
हुँ म स्वर्गकी परी
हेर्दा सुन्दर देखिन्छु
छन् मेरा रङ्ग थरीथरी ।
स्वतन्त्रताको पखेटा फिँजाई
मनमा नयाँ आशा सजाई
उड्छु निलो गगनमा
कदम कदम हरेक कदममा ।
जातमा छ अनेकता
मेलमिलापमा देखिन्छ एकता
बोलीमा छ मेरो स्वच्छता
स्वभावमा छ मेरो सभ्यता ।
एकता मेरो परिचय
मानवता मेरो नाता
चन्चल मनकी रानी
हेर्दा देखिन्छु सानी |
उड्दै पुग्छु दूर देश
हेर्दै हिँड्छु भाषा भेष
उपहार हुँ प्रकृतिको
दिन्न कसैलाइ दोष |