Skip to main content

आमाको माया

आरोन बिष्ट

कक्षा : छ (महाकाली)

संसारमा असीम छ आमाको माया
नछुट्ने नटुट्ने आमाको छाया
न्यानो घाम लाग्छ उनको छायामा
ममताको आभास पाइन्छ उनको छायाँमा |

आमाको समर्पण अन्त कहाँ भेटुँ
शब्दमा व्याख्या गर्न कसरी म सकुँ
उनी नै हुन्‌ हाम्रो समाधानको गीत
उनी नै हुन्‌ कहिल्यै नथाक्ने मित |

आफू भोकै बसी हाम्रो भोक मेटिदिन्छिन्‌
हामीलाई अप्ठ्यारोमा सहयोग गरिदिन्छिन्‌
हामी खुसी हुँदा आफूनो पिडा भुलिदिन्छिन्‌
साथी बनी कहिले भने सँगै खेलिदिन्छिन्‌ ।

सानो हुँदा सधैँभरि हात समाउँदै हिँडाइन्‌
रिसाउँदा सधैभरि माया गर्दै फकाइन्‌
सिकाउँछिन्‌ सबै कुरा नमानेर झर्को
संसारमा आमाभन्दा छैन ठुलो अर्को ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children