फुटबल मेरो मनपर्ने खेल
सबै मिलीजुली खेल्नुपर्छ खेल
खेल्दा गर्नुहुन्न कहिले पनि झेल
नियमपूर्वक खेल्नुपर्छ खेल ।
गोल गर्दा दर्शकले बजाउँछन ताली
गोल खाँदा दर्शकले गर्न थाल्छन् गाली
खेलाडीको मैदानमा पसिना नै झर्छ
खेलाडीको मेहेनतले इतिहास रच्छ |
खेलमा नै जित हुन्छ कहिले हार आउँछ
फुटबलले हरेक मनलाई मनसँग जोड्छ
जित हार जे भएनी नछोड है कर्म
फुटबलले नै सिकाउँछ एकता र धर्म ।
खेलले सधैँ बढाउँछ नेपालीको सान
अनुशासित भएर खेल्नुपर्छ जान
फुटबलले देशलाई विश्वमा चिनाउँछ
राष्ट्रिय झण्डा सबैका सामु फरफराउँछ ।