Skip to main content

नमन

अनुराग भण्डारी

कक्षा : छ (बरुण)

माया, ममताले भरिएकी मेरी प्यारी आमा
सम्मान गर्छु तिमीलाई नमन गर्छु आमा ।

भोक छैन मलाई, खान्न भन्दा पनि
खाउ, खाउ भन्दै पछि लाग्छिन्‌ भोकायो कि भनी ।

केही बिसन्चो भयो भने जागा हुन्छिन्‌ राति
हर्षका आँसु बगाउँछिन्‌ बन्छिन्‌ प्यारी साथी ।

सानो मेरो प्रगातिमा खुसी हुन्छ्यौ कति
सागरको पानी अनि आकाशको तारा जति ।

मेरा हरेक आवश्यकता कसरी बुझछ्यौ तिमी
मलाइ थाहा छ आमाको माया पाइँदैन यहाँ किनी ।

जे माग्दा नी दिन्छ्यौ तिमी उदार छ तिम्रो मन
थकाई सारा बिर्सिन्छ्यौ हेरी हाम्रो मुस्कान ।

सन्तानकै खुसीमा लुकेको छ तिम्रो खुसी पनि
निराश हुन दिने छैन आमा ! तिमीलाई कैले पनि ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children