रडीचङ्गी फूल मेरो फूलबारीमा
सिरिसिरि हावा मेरो फूलबारीमा |
पुतली आई बस्छन् यहाँको फूलमा
भमरा पनि रम्छन् आफूनै तालमा ।
हाम्रो घरलाई सजाएको छ फूलबारीले
बाह्रै महिना फूल दिन्छ सुन्दर यसले ।
रातो, निलो, पहेँलो, गुलाफी र प्याजी
त्यसैमाथि लहराले सजिएको छ नि ।
मानिसहरू फूल देखी पर्छन् दङ्ग
त्यही फूलहरू देखेर हुन्छ मन फुरूङ्ग ।
रङ्गीचङ्गी फूल मेरो फूलबारीमा
सिरिसिरि हावा मेरो फुलबारीमा |