Skip to main content

मेरी कृकी

सर्वायु भट्टराई

कक्षा : पाँच (भेरी)

मेरी काली मेरी चञ्चली
मेरी कुकी सानी तिमी ।
मेरो तिमी मनपर्ने साथी
बल खेल्ने दौडी दौडी ।

खानेकुरा देख्दा मक्ख पर्ने
नदेखे सधैँ भौँ भौँ गर्ने ।
कहिले काहीँ फोहोर गरिदिने
हाम्रो प्यारो घरको रक्षा गर्ने ।

म घर फर्कदा रमाउने
वरपर फनफनी घुम्ने ।
पुच्छर हल्लाएर स्वागत्‌ गर्ने
मलाई धेरै माया गर्ने ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children