Skip to main content

पङ्खा

खुसी शाह

कक्षा : पाँच (सेती)

घाम लाग्दा हुन्छ गर्मी
शरीरबाट बग्छ पसिना ।
मेरो मन खुसी हुन्छ
जब चल्छ पङ्खा ।

पङ्खा घुम्दा दायाँ बाया
हावा चल्छ शीतल शीतल ।
चिसो हावाको स्पर्शमा
रमाउँछ मन पलपल ।

पढ्दा खेल्दा सुत्दा पनि,
उही मेरो बन्छ मित्र ।
गहिरो नाता गाँसिएछ ।
यो नै मेरो मनभित्र ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children