म र मेरी साथी भेटछौँ बाँड्छौँ खुसीयाली,
जान्छौ हामी विद्यालयमा हिँड्छौँ रमाई रमाई ।
विद्यालयमा पढी, लेखी पाउँछौ हामी ज्ञान
राख्छौं बुबाआमाको सधैँभरि ठुलो मान ।
एकअर्कालाई सहयोग गर्छौं मेरो प्यारो साथी
हामी सँगै घुम्न जान्छौ खुसी मानीमानी |
हामी ठुली हुँदै जान्छौ, कति रमाइलो होला ?
एकअर्कालाई माया गर्दै कहाँ पुग्ने होला ?
मेरो साथी, प्यारी सबै भन्दा राम्री
बस्छौं हामी कक्षामा सँगै कक्षाकार्य गरी ।
म र मेरो साथी ठुलो कक्षामा पुग्छौँ
खेल्छौँ, पढ्छौं हामी सँगै मिलेर बस्छौँ ।