Skip to main content

सुन्दर देश

मिसनविक्रम भण्डारी

कक्षा : पाँच (सेती)

नेपाल मेरो आहा ! सुन्दर देश
हिमाल उचाइमा, पहाड धेरै विशेष ।
नदी बग्छन्‌ चिसो पानी लिएर
जङ्गल रमाउँछन्‌ जनावरले भरिएर |

तराईमा फल्छन्‌ धानको बाली
किसान गाउँदै छन्‌ खुसीको ताली ।
पहाडका गाउँ शान्त र रमाइला
सबै फाली मिल्छन्‌ मनका मैला ।

झन्डा हाम्रो रातो र निलो रङको
गाउँछौँ हामी गीत प्रेम र शान्तिको ।
सुन्दर देश हाम्रो इज्जत गौरब
लाग्छ मलाई त ज्यादै सुन्दर ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children