Skip to main content

हाम्रो देश

वात्सल्य सिंह

कक्षा : पाँच (सेती)

नेपाल हो हाम्रो देश
आफूनै छ भाषा र भेष |
डाडाकाँडा छ हरियाली
धेरै थरी जातजाति ।

पहाड हिमाल तराई,
कोही छैन पराई |
यहाँ जडीबुटी फल्छ
यसले ज्यान बच्छ ।

कति धेरै मन्दिर छन्‌,
यो देशलाई चिनाउँछन्‌ ।
हाम्रो मनमा देश हाम्रो
हाम्रो देश कति राम्रो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children