किताब खोल्दा खुल्छ नयाँ संसार
मनभित्र आउँछ कुरा हजार |
पाना पानामा छ ज्ञानको उज्यालो
पढ्न पाउँदा साह्ै लाग्छ रमाइलो ।
कथा र कविता सबै सुनाँउछ
कहिले हँसाउँछ कहिलै रूवाउँछ ।
नयाँ सिर्जना गर्न सिकाउँछ
ज्ञानी हामीलाई धेरै बनाउँछ |
यही हो गुरू किताबनै साथी
कोही पनि छैन योभन्दा माथि ।
यसलाई सधैँ पढ्ने बानी बसालौ
आफूनो जीवन उज्यालो बनाऔं ।