Skip to main content

रसबरी

सजल नेपाल

कक्षा : चार (नारायणी)

छ यो सेतो सेतो
हुन्छ गोलो गोलो ।
रसमा डुबी बन्छ रसिलो
खान लाग्दा धेरै गुलियो ।

मिठाई पसलमा पाइने
पैसा तिरी किनेर खाइने ।
बन्छ यो फाटेको दूधबाट
सम्झिँदा आउँछ रस मुखबाट

जति ठुलो रसबरी
त्यती नै धेरै मिठो ।
सबैलाई धेरै मनपर्ने
खाऔँ छिटो छिटो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children