Skip to main content

खुसी

सान्वी अर्याल

कक्षा : चार (नारायणी)

कसले भन्यो भकारी भरे
खुसी पाइन्छ अरे |
खुसी हुन्न मानिस
नहटाइकन मनको क्लेश रे ।

होइन खुसी लाउने खाने |
न आफू मात्र रम्ने ।
सेवा र दया भएदेखि
खुसी छाउँछ मनदेखि ।

मिलीजुली सबै समान
नगर है कसैको अपमान ।
खुसी बन्छौ हामी हाम्रो
बानी बनाए धेरै राम्रो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children