Skip to main content

चरा हेर्ने सोख

जोर्देन रिन्छेन तामाङ

कक्षा : चार (राप्ती)

चरा हेर्ने मेरो सोख,
चराबारे जान्न म उत्सुक ।
माथि माथि आकाशमा उड्ने चरा,
रूखको टुप्पोमा बस्छन्‌ यी विचरा ।

माटीकोरे चरा मनपर्ने सबैभन्दा
रङ्गी बिरङ्गी प्वाँख हेर्दा पर्छु म दङ्ग ।
थरीथरीका जात भिन्न भिन्न प्रकार
खान्छन्‌ माछाका विभिन्न प्रकार ।

राजा धनेस, जङ्गलमा बस्छ रमाई
कोही भन्छन्‌ धनेस कोही होमराई |
बस्छन्‌ यी सधैँ मिली जोडीमा
चरालाई नै देख्छु म त सपनीमा ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children