पृथ्वी हो हाम्रो अमूल्य घर
हरियाली बना गाउँ र सहर ।
यहाँ बोटबिरूवा धेरै पाइन्छन्
यिनले पृथ्वीमा प्राण भर्छन् ।
यहाँ छन् धेरै नदीनाला
सुन्दर अग्ला हिमाल ।
गहिरो ठुलाठुला छन् समुन्द्र
प्राणी बस्छन् यहाँ यत्रतत्र ।
पशुपन्छी यहीँ रमाउँछन्
मिलुजुलीकन यहाँ खेल्छन् ।
यो हो सबको साझा घर
यहाँ घुम्ने छ धेरै रहर ।