Skip to main content

पाठशाला

रियाज एन्टोन बास्तोला

कक्षा : चार (राप्ती)

पाठशाला ज्ञान सिक्ने मन्दिर नै हाम्रो
सफा गाउँ राम्रो ठाउँ आहा ! कति राम्रो ।
गुरूहरू प्यारा प्यारा आदर छ धेरै
मिलीजुली पढ्छौं हामी त रमाई रमाई ।

ज्ञानको ज्योति फैलाई हामी ठूलो बन्छौँ
खेल खेलीखेली नयाँ कुरा सिक्छौँ ।
कहिले खेल्ने भकुन्डो कहिले खेल्ने क्रिकेट
साथीहरूसँग हुन्छ यहाँ सधैँ भेट ।

पाठशाला गएर नै असल बन्छौं हामी
धेरै पुस्तक पढेर बन्छौं हामी ज्ञानी ।
किताब र कापी झोलाभित्र राखी
आमाबुबा गुरूको विश्वास हामी माथि ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children