Skip to main content

जननी

बिपुल सापकोटा

कक्षा : चार (राप्ती)

आकाशभन्दा उच्च जननी
सागर भौँ फराकिलो मन ।
धर्ती झैँ अटल छिन्‌
जीवनको पहिलो गुरू हुन्‌ ।

माया र ममता दिने
सधै हाँस्न सिकाउने ।
दुःखमा पनि साथ दिने
सपना पुरा गराउने ।

मेरो खुसीको लागि
आफूनो दुःख लुकाइदिने ।
यस्ती जननीलाई मेरो
सधैँ नमन सधैँ नमन ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children