किबोर्ड मेरो जन्मदिनको उपहार
हेरुँ हेरुँ जस्तो लाग्छ मलाई बारम्बार ।
रङगिचङ््गी बत्ती बल्छ मैले खेल खेल्दा
आवाज पनि मिठो आउँछ किबोर्डसँग रमाउँदा ।
रोबल्क्स र माइनक्राफ्ट खेल्छु घरीघरी
कहिले एक्लै कहिले साथी राखी वरिपरि ।
आमाले हुँदैन भन्दाभन्दै किन्दिचुभयो बाबाले
तर धेरै खेल्दिनँ भन्ने सोचेको छ मनले |