मेरो प्यारो कुकुर
भाउ भाउ गर्छ ।
रिसाउँछ कहिले
कहिले खुसी हुन्छ ।
कहिले धेरै भुक्छ
कहिले टोक्नै आउँछ ।
भुक्दा धेरै बेसरी
मेरो पिटाई खान्छ ।
कहिलेसँगै खेल्छ
कहिले सँगै सुत्छ ।
पिटे पनि के गर्नु
उसकै माया लाग्छ ।
मेरो कुकुर पुकुले
मोटे मोटे भुकुले ।
खुसी भाको बेला
हल्लाउँछ पुच्छर मजाले ।