मेरी प्यारी बहिनी
ल्याउँछिन् मलाई पानी ।
छुकछुक गर्छिन् जहिले
राम्रो नराम्रो बानी |
कहिले गाली खान्छिन्
कहिले माया पाउँछिन् ।
रिसाएमा केहीलेकाहीँ
फकाउन नि आउँछिन् ।
कहिले असल बन्छिन्
कहिले खराब बन्छिन् ।
कहिले हाँस्छिन् हाहा गरी
कहिले धुरूरू रून्छिन् ।
झुट बोल्छिन् कहिले
कहिले सत्य बोल्छिन् ।
जस्तो जेजे भए नि
मलाई माया गर्छिन् ।