Skip to main content

खरायो

श्रेणिका थिङ

कक्षा : तीन (त्रिशूली)

खरायो कता हरायो
नदेख्दा मन डरायो ।
आवाज सुन्छु सानो सानो
कताबाट करायो ।

सानो पुन्टे भुन्टे छ
प्यारो सेतो खरायो ।
जङ्गलमा खोज्दा
देख्छु मात्र जरायो ।

गाला पुक्क पारेर
कति धेरै सतायो ।
आफैँ दङ्ग परे म
कुद्दै कुद्दै घर आयो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children