आज आकाश कति राम्रो कहिले पानी पर्छ । कहिलेकाहीँ घाम लाग्छ कहिले धुम्म पर्छ ।
बेलाबेला आकाशबाट असिना पनि झर्छ । कहिले हावा शितलशितल कहिले गर्मी हुन्छ ।
कहिले आकाश सफासफा निलो निलो हुन्छ । कहिले आकाश कालोमैलो गड्याङगुडुङ गर्छ ।