Skip to main content

हराएको सिग्नल

कुशल लामा

कक्षा : दश (भोटेकोशी)

श्रद्धा एकदमै सहनशील र आत्मविश्वासी केटी थिई । उसको स्वभाव अरु केटीहरूभन्दा फरक थियो । ऊ कोमल नभएर साहसी, बलियी र दृढ स्वभावकी थिइ । अरु केटीहरू खेलौना खेल्थे तर श्रद्धालाई दौडधूप गर्न, अप्ठ्यारा पहाड चढ्न तथा साहसिक गतिविधिहरू मन पर्थे । उनलाई गुलाबी रङ भन्दा पनि सेतो हिउँको रंङ मन पर्थ्यो । विद्यालयमा र खेलकुदमा पनि निकै राम्रो थिई । दौड, हाई जम्प, एथलेटिक्स सबैमा उसको नाम आउँथ्यो । क सधैं भन्थी, "म केही फरक गर्छु ।'

परीक्षा सकिएपछि उसले सोची, "अब अलिक आराम गरूँ ।” तर श्रद्धाजस्तो मान्छे कहिल्यै आराम गर्न सक्दैनन्‌ ।

एकदिन मोबाइल स्क्रोल गर्दै गर्दा उसका आँखा युट्युबको एउटा भिडियोमा पच्यो । जसमा लेखिएको थियो, "यो वर्ष सगरमाथा आरोहणको लागि सबैभन्दा राम्रो समय ।' श्रद्धालाइ हिमाल चढ्न पनि मन थियो ।

त्यो कुरा सुनेपछि उसको मनमा हलचल पैदा भयो र उसले सोची, "म पनि सगरमाथा चढ्छु ।'

श्रद्धालाई सगरमाथा चढ्ने भूत चढिसकेको थियो । श्रद्धालाई उसका आमाबाबाले यो कुरा मान्नुहुन्न भन्ने कुरा पनि थाहा थियो | त्यसैले उसले आमाबाबालाई भझुटो कुरा गर्ने सोची र बाबासित भनी, "बाबा, म मेरा साथीहरूसँग घुम्न जाँदैछु, दुई हप्ताका लागि | चिन्ता नगर्नु होला ।”

घुम्न जाने कुरालाई बाबाले नाइनास्ती गर्नुभएन । उहाँले छोरीको कुरा सुनेर भन्नुभयो, "हुन्छ छोरी, तर टाढा कतै नजाउ, आफ्नो ख्याल राख ।'

श्रद्धाले पनि खुसी हुँदै भनी, "हुन्छ बाबा तर अहिले नै जान लागेको होइन | मैले त अहिले जानकारी मात्र गरेकी हुँ । घुम्न त अलि पछि जाने हो ।”

आमाबाबाको अनुमति पाएपछ श्रद्धा हिमाल आरोहणको तयारी गर्न थाली । आमाबाबाबाट लुकीलुकी आरोहणको तालिम लिन थाली । दुई महिनाको तालिमपछि उ सरगरमाथा आरोहण गर्ने तयारीमा लागी । आरोहणका लाग्ने खर्च पनि उसको अफिसले तिरिदिने भयो ।

श्रद्धालाई भोलिपल्ट हिँड्नु थियो । त्यो रातभर छ तयारीमै व्यस्त रही । ज्याकेट, पञ्जा, टोपी, औषधि सबै झोलामा हाली । बिहान सबेरै ऊ आमाबाबासित बिदा मागेर त्रिभुवन विमानस्थल पुगी । जहाज समयमा नै उड्यो । जहाज उड्दा तलका पहाडहरू हेर्दै मनमनमा सोच्न थाली, 'अब यो मेरो जीवनको सबैभन्दा ठूलो साहसिक यात्रा हुनेछ ।”

लुक्ला पुगेर विमान रोकियो | लुक्ला विश्व कै सबैभन्दा संवेदनशील र खतरनाक विमानस्थल मानिन्छ । त्यहाँबाट क पैदल यात्रा गर्दै नाम्चे बजार पुगी | बाटो साँघुरो, हिउँले ढाकिएको र कहिले हावाले टाउकोमा हिर्काएको महसुस हुन्थ्यो । नाम्चे बजारमा उसले सगरमाथा चढ्न तयार भइरहेका अन्य आरोहीहरूसँग भेटी । टोलीमा आलोक, शिवानी र किरण पनि थिए | सबै उत्साहित थिए ।

अर्को बिहान उनीहरू बेसक्याम्पतर्फ निस्किए । बाटो कठिन थियो । कहिले घाम, कहिले चिसो हावा एकदमै गारो थियो | श्रद्धाले मनमनमा भनिन्‌, "यो केवल हिमाल आरोहण मात्र होइन, मेरो सपना हो ।”

पाँच दिनको यात्रापछि उनीहरू सगरमाथा बेसक्याम्प पुगे । त्यहाँको चिसो हावाले पनि उसको उत्साह कमजोर बनाउन सकेन । श्रद्धाले परिवारलाई फोनबाट सन्देश पठाई, "म बेसक्याम्प आइपुगेँ, चिन्ता नगर्नु होला ।' त्यो बेला श्रद्धाको त्यो सन्देश नै अन्तिम भयो | त्यसपछि नेटवर्क हरायो ।

त्यो रात मौसम अचानक बिग्रियो । हावाको आवाज डर लाग्दो थियो । टेन्टहरू हल्लिन थाले । वाकीटकीको आवाज हरायो । सबै आरोहीहरू छुट्टाछुटै दिशामा रहे । श्रद्धा एक्लै भई तर क डराईन । उसले आफूलाई सम्झाई, "यदि कविता नेपालीले सगरमाथा र ल्होत्से २४ घण्टामा चढ्न सकिन्‌ भने, म पनि सक्छु ।”

उसले दृढ सङ्कल्प गरी यो आरोहण जसरी पनि पूरा गर्नुपर्छ । यस्ता सानातिना कठिनाइ त आहाछन्‌ नि | जीवन नै 'कठिनाइहरूको सङ्गम हो भनेर उसले चित्त बुझाई ।

हिउँ, चिसोले कठ्याङ्ग्रने जाडो र चिसो बतासको बिचमा उ यति बलियो गरी उभिइ कि, उसलाई कुनै परिस्थिले पनि रोक्न सक्दैनथ्यो । बल्लतल्ल सबै साथी आधार शिविरमा भेला भए र भोलिपल्टको आरोहणका बारेमा कुरा गर्दै तयारी गर्न थाले । ती मध्येमा सबैभन्दा उत्साहित त श्रद्धा नै थिई ।

भोलिपल्ट बिहान मौसम राम्रो भयो । घामको पहिलो किरणले आकाश सुनौलो बनायो | श्रद्धा र उसका टोलीले आरोहण सुरु गरे । उनीहरूले बिस्तारै बिस्तारै कठिनभन्दा कठिन बाटाहरू पार गर्दै चुचुरो छेउ पुगे ।

श्रद्धा लगभग चुचुरोमा पुगिसकेकी थिई | उसको अनुहारमा हिउँको चमक झल्किन्थ्यो । केही कदम अघि बढेर उनले सगरमाथाको शिखर छोई | नेपाली झण्डा झिकेर फहर्याई । उसका हर्षका आँसु बगे । कठिन परिस्थितिका बावजुद पनि ओठमा मन्द मुस्कान आयो | "म सफल भएँ,“ उसले हल्का स्वरमा भनी ।

त्यस क्षण उसले आफ्नो प्रेरक व्यक्तित्व कविता नेपाललाई सम्झी र वाचा पनि गरी, "अब ल्होत्से पनि चढ्नेछु ।“

त्यहाँ धेरैबेर टिकिरहन गारो हुने भएकाले उ ओर्लिने सुरसार गर्न थाली । सगरमाथाबाट फर्कँदै गर्दा क धेरै थाकिसकेकी थिई । तर आँखामा नयाँ उत्साह थियो ।

उसले टोलीसँग भनी, "म ल्होत्से पनि आजै चढ्नेछु ।”

श्रद्धाको कुरा सुनेर आलोकले हाँस्दै भन्यो, "तिमी पागल त भएकी छैनौ नि, श्रद्धा !” । तिमी थाकिसकेकी छ्यौ । अब ल्होत्से चढ्नु पर्दैन । तल गएर आराम गर्नुपर्छ । तिमीलाई आरामको जस््रत छ ।

आलोकको यस्तो कुरा सुनेर श्रद्धाले जवाफ दिई, "सपना पूरा गर्न समयले परखिँदैन । आराम पछि गर्दै गरौँला ।”

श्रद्धाको ल्होत्सेको आरोहण सुरू गरी | हिउँले भरिएको बाटो, कडा चिसो हावा र अक्सिजनको कमीबिच पनि ऊ अघि बढिरही । रात पन्यो । टर्चको उज्यालोमा बाटो खोज्दै ऊ अघि बढिरही । उसको नामको प्रतिध्वनि हिउँको चट्टानमा ठक्कर खाँदै फर्किन्थ्यो: 'श्रद्धा.. श्रद्धा.. ।

फोनमा चार्ज सकिन लागेको थियो । नेटवर्क त पहिल्यै हराइसकेको थियो । उसले कठ्याङ्ग्रिएका हातले लेखी, 'आमा, बुबा.. म ठिक छु | म हार्दिन | मेरो सपना पूरा हुँदैछ ।“

मोबाइलबाट सन्देश गएन | स्क्रीनमा देखायो, नो सिग्नल | उ मुस्कुराई, "सिग्नल हरायो होला, तर मेरो हिम्मत अझै बाँकी छ ।“

अर्को बिहान पूर्वतर्फ लाली छर्दै घाम उदायो । ल्होत्सेको शिखर देखिँदा श्रद्धा पाइला राख्दै अघि बढिरहेकी थिई । उसका हात काँपिरहेका थिए तर आँखामा दृढता थियो । केही मिनेटपछि उसले दोस्रो शिखर पनि चुम्न पुगी । उसले चौबिसघण्टा भित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने नेपालकी कान्छी युवती बन्ने इतिहास बनाई ।

ल्होत्सेबाट फर्किँदा उसले बाटो बिराई । ऊ हिमालमा हराई । तीन दिनपछि उद्धार टोलीले उसलाई हिमनदी नजिक बेहोस अवस्थामा फेला पाच्यो । उद्धारपछि जब उसले आँखा खोली तब अस्पतालमा परिवार, पत्रकार र साथीहरू वरिपरि थिए |

बुबाले हात समाउँदै भन्नुभयो, "छोरी, तिमी फर्कियौ | हामी तिमीप्रति गर्व गर्छौं ।'

श्रद्धाले मुस्कुराउँदै फोन खोली । स्क्रिनमा एउटा सन्देश लेखिएको थियो, "सिग्नल भेटियो ।“ तर त्यो केवल प्रविधिको सूचना मात्र थिएन, त्यो त उसको आत्माको पुनर्जागरण थियो ।

श्रद्धाको कथा केवल शिखर आरोहणको कथा रहेन, यो जीवनलाई बुझ्ने एउटा मार्ग बन्यो । कहिलेकाहीँ जीवनमा सिग्नल हराउँछ, बाटो धमिलो हुन्छ, आशा कमजोर देखिन्छ तर हिम्मत र विश्वास बाँकी छ भने हामी फेरि आफैंसँग, संसारसँग सम्पर्कमा फर्किन सक्छौँ ।

एक अन्तर्वार्तामा श्रद्धाले भनिन्‌, "सगरमाथा र ल्होत्से मैले जितेकी होइन, मैले आफ्नै डरलाई जितेकी हुँ ।“

त्यसपछि उनको नाम देश-विदेशमा गुञ्जियो । उनी केवल पर्वतारोही मात्र रहिनन्‌ । उनी युवाहरूका लागि प्रेरणाको प्रतीक बनिन्‌ ।

हाँस्दै उनले भनिन्‌, "यदि आत्मबल बाँकी छ भने, हराएको सिग्नल कहिल्यै हराउँदैन ।“

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children