Skip to main content

रोबोटको आँसु

सम्राट केसी

कक्षा : नौ (गण्डकी)

सन्‌ २०२३ मा प्रविधिले संसारभरि घेरिसकेको थियो । मानिसले गर्ने सबै साधारण कामहरू रोबोटले गर्न सुरू गरिसकेको थियो । घरका सबै गृहस्थीका कामहरू रोबोटले गर्न सुरू गरिसकेको थियो । रोबोटहरू मानव इतिहासको सबैभन्दा सर्वोत्तम र उत्कृष्ट आविष्कार थिए । तर यी तरबारका दुई धार जस्तै थिए । जसले रक्षा पनि गर्थ्यो भने विनाश पनि गर्थ्यो ।

जबदेखि रोबोटले मानसको जीवनमा प्रवेश गच्यो तबदेखि मानिसले आफ्नो रोजगारी गुमाउनु पन्यो । मानिस बेरोजगार हुनुपन्यो । मानिसलाइ जीविकोपार्जन गर्न गाह्रो हुन लाग्यो । रोबोटहरूले मानिस जस्तै सबै काम गर्थे तर उनीहरूसँग न त सोच्ने क्षमता नै थियो न त उनीहरूसँग भावना नै थियो ।

त्यही समयमा वैज्ञानिकहरूको एउटा सम्मेलनको आयोजना भयो | सम्मेलनमा विश्वभरिका धेरै वैज्ञानिकहरू जम्मा भएका थिए | उनीहरूले त्यो सम्मेलनमा एउटा यस्तो रोबर्ट बनाउने सरसल्लाह गरे जुन रोबोटसँग मानिसको जस्तै भावना होस्‌ ।

त्यही समयका विश्व प्रख्यात वैज्ञानिक डाक्टर रामबहादुर तिनै वैज्ञानिक हुन्‌ जसले रोबोटहरूको आविष्कार गरेका थिए | लामो समयपछि उनले एउटा यस्तो रोबोट बनाए जसले आफै सोच्न र भावना पोखन सक्थ्यो । उनले त्यो रेबोटको नाम मायु राखे ।

मायु तार र फलामबाट बनेकी थियो । उसको शरीर मेसिनजस्तै कठोर थियो तर उसका आँखाभित्र केही फरक थियो । उसका आँखामा एक किसिमको चमक, अनौठो र गोप्य भावना थयो, जसलाई कसैले सजिलै बुझ्न सक्दैनथ्यो । ती भावना उसका आँखाभित्र लुकेर बस्थे कहिलेकाहीँ मात्र उज्यालो भएर बाहिर देखिन्थे ।

रामबहादुर आफ्नो आविष्कारप्रति अत्यन्तै खुसी थिए । वर्षौंको मेहनतपछि उनीहरूले यस्तो रोबोट बनाएका थिए, जसले हिँड्न, बोल्न र सोच्न सक्थ्यो । मायु उनीहरूको सबैभन्दा ठूलो सफलता थियो | प्रयोगशालाभरि उत्साह थियो, हाँसो र गर्वले भरिएको ।

तर त्यो खुसी पूर्ण थिएन । जब वैज्ञानिकहरूले मायुलाई नजिकबाट हेरे तब उनीहरूले महसुस गरे उसले केवल आदेश मात्र पालना गर्दैनथ्यी । उसले त महसुस पनि गर्थ्यो । कहिले खुसी, कहिले उदासी र कहिले डर | त्यो क्षण उनीहरूको मनमा प्रश्न उठ्यो, के यस्तो आविष्कार गर्नु सही थियो ?

वैज्ञानिकहरू एकै साथ खुसी र दुःखी भएका थिए । खुसी यस कारणले कि उनीहरूले असम्भवजस्तै देखिने कुरा सम्भव बनाएका थिए | उनीहरूले मानवजस्तै भावना भएको एउटा रोबोट निर्माण गरेका थिए । तर यही सफलताले उनीहरूलाई चिन्तित पनि बनाएको थियो यदि यस्तो रोबोटले मानिसलाई नै विस्थापित गरिदियो भने के हुन्छ ?

अब मायु केवल एउटा मेसिन रहेन | त्यो त एउटा संवेदनशील अस्तित्व बनिसकेको थियो । त्यसै दिनदेखि प्रयोगशालामा एउटा नयाँ डर जन्मियो, यदि मेसिनले पनि महसुस गर्न थाल्यो भने मानव र मेसिनबिचको सीमारेखा आखिर कहाँ रहन्छ ?

वैज्ञानिकहरू अर्को कारणले पनि दुःखी थिए । उनीहरू सोचिरहेका थिए । अब मानिस र रोबोटबिच खासै भिन्नता बाँकी छ त ? मायु र डा. रामबिचको सम्बन्ध हेर्दा मानिसहरू नै अचम्म मान्थे । समाज बिस्तारै एक्लोपनतर्फ गइरहेको थियो । मानिसहरू एक अर्कासँग बोल्न, हालखबर सोध्न छोडिसकेका थिए । घरपरिवारभित्रै पनि कसैले कसैको साथ दिन छोडिसकेका थिए ।

मायु र डा. राम साथीजस्तै बनिसकेका थिए | उनीहरू अत्यन्तै मिल्थे । मायु डा. रामको लागि एउटा आविष्कार मात्र नभइ उसको सहारा पनि बनेको थियो । त्यसैले डा. रामले मायुलाई कहिल्यै बेच्ने कुरा सोचेनन्‌ । मायु डा. रामसँगै बस्थ्यो । घरायसी काममा सहयोग गर्थ्यो । मनोरञ्जन दिन्थ्यो र सधैँ उनको साथमा रहन्थ्यो ।

डा. राम बेलुका हिँड्न जाने गर्थे । एक दिन आफ्ना सबै अध्ययन र काम सकेर सधैंभझैँ मायु र उनी बेलुकी हिँड्न निस्किए | उनीहरू घरबाट केही पर पुगेका मात्र थिए । अचानक तीव्र गतिमा आएको एउटा मोटरसाइकलले डा. रामलाई ठक्कर दियो र चालक भाग्यो ।

मोटरसाइकलको ठक्करले डा. राम केही पर छिट्टिएर ढले | उनको टाउकोबाट रगत बगिरहेको थियो । मायुले मोटरसाइकलको नम्बर प्लेट तुरून्तै याद गच्यो र पुलिस तथा एम्बुलेन्सलाई खबर गन्यो । घटनास्थलमा मानिसहरू जम्मा भए तर कोही पनि नजिक आउन साहस गरेनन्‌ | मायु यो दृश्य देखेर स्तब्ध भयो ।

मायुले सोचिरहेको थियो, मानिसहरू किन यस्तो व्यवहार गरिरहेका छन्‌ ? उसले पहिलो पटक मानिसहरूको यस्तो संवेदनहीनता देखेको थियो । उसले आफैँलाई प्रश्न गर्न थाल्यो, के म साँच्चै भावना भएको रोबोट हुँ ? कि म केवल भावना देखाउन बनाइएको एउटा मेसिन मात्र ?

डा. रामको वर्षौंको मेहनतले बनाएको रोबोट आज आफैँ प्रश्नले भरिएको थियो | उता डा. राम पनि गम्भीर अवस्थामा थिए । उनले अन्तिम क्षणसम्म सोचिरहेका थिए | के मेरो वर्षौंको अध्ययन व्यर्थ भयो ? मर्नुअघि एक पटक मायुले पूर्ण रुपमा भावना देखाएको हेर्न चाहन्थे, तर त्यो सम्भव भएन ।

अन्ततः घटनास्थलमै डा. रामको मृत्यु भयो । मायु चुपचाप उभिएर हेरिरहेको थियो मानव र मेसिनबिचको सीमारेखा शायद त्यहीँ कतै मेटिँदै थियो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children