पुतलीको यात्रा
प्रियान्जली शेरचन
वनको चिस्यानभित्र एउटा सुन्दर फूल फुलेको थियो । फूलको कोपिलाको पानाभित्र कतै हल्का कम्पन आयो | कसैले देख्न नसक्ने तर महसुस गर्न सकिने सानो धड्कन | त्यो कम्पनसँगै एउटा जीव बाहिर डुल्न थाल्यो | त्यो पहिले झुसिल्किराको रुपमा, अनि केही समयपछि सुन्दर पुतली बनेर । उसको नाम कोपिला राखियो | फूलको कोपिला मुनि जन्मिएकाले नै त्यस पुतलीको नाम कोपिला रहन गयो ।
पखेटाको दुबै छेउ चम्किने हल्का रङ बिहानको घाम झैँ भझिलमिल गरिरहेका थिए | ऊ यिनै पखेटा सहाराले आफू जस्तै साना साना पुतलीहरूसँग फिरफिर रमाएर उड्थी | वरिपरि घुम्न र फूलहरू माथि बस्न कोपिलालाई असाध्यै मन गर्थ्यो । झलमल घाम लाग्दा कोपिला खुसी हुन्थी तर पानी पर्दा छ दुःखी हुन्थी ।
कोपिलाले आज पहिलोपटक केही अनौठो दृश्य देखी । उसको वरिपरि ठूला-ठूला पुतलीहरू पखेटा फरफप्याउँदै यात्रामा जाने तयारी गर्दै थिए । कसैले आफ्नो पखेटा चलाउँदै दिशा नाप्दै थिए त कसैले हावाको लय परीक्षण गर्दै थिए | त्यो दृश्य कोपिलालाई जादुजस्तै लागिरहेको थियो |
कोपिलालाई पनि उनीहरूसितै यात्रामा जान मन भयो | उसको त्यो चाहना यति बलियो थियो उसले आफ्नो पखेटा सानो र अपरिपक्व भएको कुरा उसले बिर्सी । यत्तिकैमा उसको नजिक एक दयालु पुतली आइपुगिन् ।
दयालु पुतलीले भनिन्, "कोपिला! तिमी पनि यात्रामा जान चाहन्छ्यौ र ?”
के खोज्छस कानो आँखा भनेझैँ कोपिलाले आँखा चम्किलो पार्दै टाउको हल्लाई र भनी, "हो ! उनीहरू जस्तै मलाई पनि आकाश माथि माथि उड्न मन लाग्छ ।' म पनि यात्रामा जान्छु ।
दयालु पुतलीले उसको पखेटा छुन हात बढाइन् र भनिन्, "तिम्रो मन ठूलो छ, तर उमेर सानो । यस्तो यात्रा सजिलो हुँदैन । उचाइ, तुफान, अनौठा आवाज यी सबै तिमीले अहिल्यै सामना गर्न सक्दैनौ । समय आउँछ, तर अहिले होइन् ।”
दयालु पुतलीका शब्दहरू मायालु थिए तर कोपिलाको मनभित्र कतै चिसो पसेभौँ भयो ।
उसले मनमनै सोची, 'कसरी नसकुँ ? म पनि अरु जस्तै पुतली नै त हुँ !”
दयालु पुतली आकाशतिर उडिन् । बिस्तारै उनको पखेटाको चमक ओभेल हुँदै गयो । अनि एकाएक कोपिला चुपचाप भई | हावाले उसको सानो शरीर छोयो तर छुवाइमा रमाइलो थिएन | त्यहाँ त केवल चोट परेको मनको पीडा थियो ।
रात परेपछि सब पुतलीहरू सुतेका थिए | कोपिला आँखा खुल्लै राखेर फूलको डाँठमा बसी । ऊ ताराहरूलाई हेर्दै गहिरो सोचमा परेकी थिई | सोच्दा सोच्दै कोपिलाको दिमागमा घन्टी बज्यो । सब पुतलीहरू सुतिरहेको मौका पार्दै कोपिला लुकेर चुपचाप फूलबाट बुरूक्कै हामफलेर झरी |
ऊ पखेटा फिँजाउँदै उड्न थाली । ऊ उड्दै उड्दै धेरै टाढा पुगी । ऊ यति टाढा पुगी कि उसलाई ठूलो जङ्गलमा पुगेको यादै भएनछ । अँध्यारो अनि रूखै रूख भएको वनभित्र पसेपछि कोपिला हराइ । अँध्यारोमा केही देख्न नसकेर उसलाई डर लाग्न थाल्यो । अब के गर्ने भनेर क विचलित हुन थाली । अँध्यारामा बिस्तारै छाम्दै एउटा पातमा बसी । ऊ निदाउन सकिन । वनबाट डरलाग्दो अजीव आवाज आइरहेको थियो | ऊ निदाउन सकिन । बल्लतल्ल आँखा बन्द गरेर रातभर बसी ।
बिहान भएपछि कोपिलाले बिस्तारै आँखा खोली । ऊ यताउता हेर्न थाली । बिहान त भएको थियो तर जङ्गल त घनघोर ज्ञण्ड इम्पेरियल वल्र्ड स्कूल थियो । ऊ फेरि उड्न थाली । उड्दा उड्दै धेरै थाकी । यति नै बेला उसले नजिकै एउटा मौरी फुलमा बसिरहेको देखी । कोपिलालाई अति थकाइ पनि लागेको थियो । मौरीलाई देखेपछि उसलाई केही राहत मिल्यो । त्यसैले ऊ मौरीको नजिक गएर बसी ।
मौरीले कोपिलालाई देखेर सोध्यो, "के भयो किन यता आएकी नानी ?”
कोपिलाले स्यास्या गर्दै भनी, "मलाई ठूला पुतलीहरू जस्तै यात्रामा जान मन थियो | तर उठ्दा उठ्दै रात पन्यो र म यो वनमा हराएँ । अब के गर्ने होला ?”
मौरीले कोपिलाको कुरा बुझ्दै भन्यो, "ए उसो भए आफ म तिमीलाई बाटो देखाउँछु ।”
केही बेरपछि त्यो मौरीले कोपिलालाई वनबाट बाहिर निकाल्यो । वनबाट निस्कन पाउँदा कोपिला खुसीले भरिएकी थिई । मौरीलाई धन्यवाद भन्दै फेरि ऊ डुल्न थाली । डुल्दा डुल्दा उसका पखेटा पनि धेरै थाके र उसलाई दुखाइ पनि धेरै भयो । तर उपाय अरु केही थिएन | उसले बुझी कि आफूभन्दा ठूलाले भनेको मान्नुपर्ने रहेछ नत्र दुःख पाइने रहेछ ।
ऊ बिस्तारै ठुली हुँदै गई । उसका पखेटा पनि बलिया हुँदै गए । ऊ उड्दै उड्दै आफ्नो जन्मेको ठाउँ पुगी । घरमा सबैलाई भेटी र आफ्नो यत्राको बारेमा सबैलाई सुनाइ । आफ्नो जीवनयात्रा सम्झिन थाली ।