Skip to main content

देशको माया

सान्भी सिग्देल

कक्षा : आठ (इन्दवती)

एउटा सानो सहरमा लकु नामको एउटा केटो बस्दथ्यो । उ धेरै बोल्दैनथ्यो । फक लजालु स्वभावको थियो । तर उसको मनमा आफूनो देशप्रतिको माया र इज्जत थियो । लकुको परिवारमा आमा, बुबा, दिदी र क सँगै बस्दथे ।

लकुको साथी प्रेम थियो । लकु सानैदेखि इमानदार, जिम्मेवार र अनुशासित थियो । उसको जीवनको एउटै ठूलो इच्छा थियो, आफूनो देशको रक्षा गर्नु । क हरेक दिन समाचार हेर्थ्यो, किताब पढ्थ्यो र देशको अवस्थाबारे सोच्थ्यो । अरु बालबालिका खेलकुदमा रमाइरहँदा लकु भने देशको भविष्यबारे चिन्तन गरिरहेको हुन्थ्यो ।

लकु र प्रेमका बिचमा बारम्बार बहस हुन्थ्यो । लकु सधैं भन्थ्यो, "देशलाई माया गर्नु भनेको केवल आलोचना गर्नु होइन, हामी सबैले मिलेर काम गर्नुपर्छ । अनि परिवर्तन आउन सक्छ ।'

प्रेम भने सधैँ भन्थ्यो, 'हाम्रो देशको अवस्था कहिल्यै सुध्रिँदैन ।" क मनमनै सोच्ने गर्थ्यो, "के हामीले कहिल्यै कुनै परिवर्तन देख्न सक्छौँ ?”

एक दिन विद्यालयमा लकु र उसको साथी प्रेमबिच विवाद भयो । लकु जहिले पनि देशको बारेमा कुरा गरिरहन्थ्यो तर प्रेमलाई भने देश विकास नभएको र भ्रष्टाचार बढेको देखेर निराशा लागेको थियो । त्यसैले उसलाई देशको कुरा गर्न मन पर्दैनथ्यो ।

यही कारणले लकु र प्रेमबिच झगडा भयो | उनीहरूको झगडा साथीहरूलाई पनि थाहा भयो । अधिकांश विद्यार्थीहरू प्रेमको पक्षमा उभिए । तर लकु एक्लै भए पनि आफूनो विचारबाट पछि हटेन ।

समयसँगै लकु जति ठूलो हुँदै गयो, उति नै उसको देशप्रतिको माया अझ बढ्दै गयो | देशको अवस्था अझ जटिल हुँदै गयो । भ्रष्टाचार, बेरोजगारी र असमानता फैलिन थाले ।

लकुको मनमा छटपटी बढ्यो । अन्ततः एक रात लकुको मनमा एउटा विचार आयो, अब चुप लागेर बस्नु हुन्न । केही न केही त गर्नै पन्यो ।

उसले आफूना साथीहरूलाई बोलायो र देशको स्थितिको विरोधमा आन्दोलन सुरू गर्न सल्लाह दिन थाल्यो | त्यो समूहमा प्रेम पनि थियो । प्रेमले पनि उसको विचारमा सहमति जनायो । दुबैको विचार एउटै थियो, देशको सुधारका लागि लड्न आवश्यक छ ।

उनीहरूले शान्तिपूर्ण आन्दोलनको लागि सरकारसँग अनुमति मागे । सरकारबाट अनुमति पाउँदा उनीहरूका अनुहारमा आशाको चमक थियो | पहिलो दिनको च्याली निकै शान्तिपूर्ण थियो । युवाहरू एकजुट भएर सङकमा हिँडिरहेका थिए | उनीहरूको प्रत्येक नारामा एउटा सन्देश लुकेको थियो | उनीहरू चाहन्थे, "हाम्रो देशमा परिवर्तन होस्‌, भ्रष्टाचार र असमानताको अन्त्य होस्‌ ।”

केही समयपछि स्थिति परिवर्तन हुन थाल्यो । भीडको सङ्ख्या बढ्दै गयो र वातावरणमा तनाव फैलियो । केही युवाहरूको व्यवहार उग्र हुँदै गयो | त्यही क्रममा सरकारी भवनहरूमा तोडफोड हुन थाल्यो । यस्तो अवस्था आएपछि प्रहरीलाई नियन्त्रण गुमाउने डर लाग्यो । उनीहरूले उग्र व्यवस्था नियन्त्रण गर्नका लागि गोली चलाउने आदेश दिए |

प्रहरीले २१ राउन्ड गोली चलायो । त्यो दिन सडकहरू रगतले रङ्गिका थिए । २० जना युवाको ज्यान गयो र सहरको शान्ति भताभुङ्ग भयो । सबै चुप लागेर उभिएका थिए | यो दृश्य न त लकु न त अन्य युवाले कहिल्यै बिर्सन सक्थे ।

लकु पनि आन्दोलनमा सहभागी थियो । आन्दोलन रोक्न र जनतालाई शान्त बनाउँदा उसलाई पनि गोली लाग्यो । क गम्भीर घाइते भयो । लकुलाइ गोली लगेर क ढले पनि उसको हिम्मत भने ढल्न सकेन । उसको शरीर घाइते थियो । तर उसका आँखामा अझै देशको लागि केही गर्न सक्ने अडिग इच्छाशक्ति थियो । उसलाई तुरून्त अस्पतालमा भर्ना गरियो ।

अस्पतालमा भर्ना भएको लकुको अवस्था गम्भीर थियो । तर उसका साथीहरू र अन्य आन्दोलनकारीहरूले हिम्मत नहारी देशको लागि आफूनो सङ्घर्ष जारी राखे । सरकारको अन्याय र जनताको आक्रोश बढ्दै गयो । लकुका साथीहरूलाई थाहा थियो कि लकुको सङ्घर्ष खेर जान सक्दैन ।

सरकारलाई जनताको दबाब र आक्रोशले परिवर्तन गर्न बाध्य तुल्यायो । केही दिनपछि पुरानो सरकार ढल्न पुग्यो र नयाँ नेतृत्वले देश सम्हाल्यो । नयाँ सरकार जनताको माग र अधिकारको सम्मान गर्न वचनबद्ध भयो ।

नयाँ सरकारको आगमनसँगै देशमा नयाँ युगको शुरूवात भयो | युवाहरूले आफूनो भविष्यको लागि आवाज उठाएका थिए | अब आफूनो देशको विकासमा सक्रियताका साथ जुट्न थाले । लकुको बलिदानले जनतालाई एकजुट पार्यो र परिवर्तनको वास्तविक शक्ति देखायो ।

लकुको नाम नयाँ उर्जा र परिवर्तनको प्रेरणा बन्यो । उसले दिएको त्याग र सङ्घर्षको मर्म बुझेर युवाहरू देशको भविष्यको लागि कसम खाएर अघि बढे ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children