Skip to main content

फेरि फर्किएको आकाश

दुशना लम्साल

कक्षा : आठ (इन्द्रवती)

आकाश अहिले मात्र चौध वर्ष भएको थियो । क उसका बाबाआमासित अमेरिकाको टेक्सासमा बस्दै आएको थियो । उसलाई त्यही टेक्सास नै आफूनो संसार हो भन्ने लागेको थियो । त्यहीँका साथी, विद्यालय, खेल मैदान र झ्यालबाट देखिने साँझको सुनौलो आकाश सबै सबै उसका मनमा गहिरो गरी बसेका थिए ।

अमेरिकाले उसका आमाबाबालाई केही समयका लागि मात्र प्रवेशाज्ञा दिएको थियो । उनीहरूलाई त्यहीँ बस्नका लागि समय थप गर्नुपर्ने थियो । बाबाले समय थप गर्न धेरै प्रयास गर्नुभयो तर उहाँको प्रयास सबै विफल भयो | त्यहाँ बस्न कागजात नमिलेपछि आकाशको परिवार अचानक नेपाल फर्क्यो । आकाशलाई त्यो ठाउँ छोड्न एकदमै गारो भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको ढोका खुल्दै गर्दा हल्का हावा आकाशको अनुहारमा ठोकियो | काठमाडौँको त्यही पुरानो गन्ध र धुलोको उसलाई याद आयो | विमानस्थलमा मामा लिन आउनुभएको थियो । मामालाई देखेर क मुस्कुराउन खोज्यो तर उ मुस्कुराउन सकेन | मामाको अनुहारमा उत्साह थियो तर आँखाको कुनामा थोरै चिन्ता पनि झल्किएको उसले छुट्याउन सकेन । उसको नजिक आएर उहाँले भन्नुभयो, "थाक्यौ होला हिँड, घर जाऔँ ।“

मामाले बोलेको वाक्यले मनको थकान झनै भारीजस्तो भयो | विदेशको यात्राले होइन, फिर्ता हुनुपर्दाको कथा बोकेर आउँदा उसको मन थाकेको रहेछ | मामासँगै पार्किङतिर हिँड्दा सहरको आवाज, भीड, धुवाँ र बटुवाको मुस्कान सबै नयाँ पनि र पुरानो पनि लाग्यो | घर फर्कने बाटो त्यही तर यात्रा बिल्कुलै नयाँ थियो ।

केही समयपछि उनीहरू घर पुगे । सबैजना उनीहरूकै प्रतीक्षामा हुनुहुन्थ्यो । उनीहरूलाई देखेर सबैजना खुसी हुनुभयो | अजुरआमाले मिठो खाना बनाउनुभएको रहेछ । खाना खाएर सबैजना गफ गर्न थाल्नुभयो ।

सबैजनाले मलाई सोध्नुभयो, "तिमीलाई त अङ्ग्रेजी राम्ररी बोल्न आउँछ होला नि है ?”

आकाशले हाँस्दै भन्यो, 'आउँछ नि.. तर आएर पनि के फाइदा र ?”

उसको त्यो वाक्यसँगै कोठा एकछिन सुनसान भयो । आकाशका शब्दले उसको मनको कुनै कुनामा लुकाएर राखेको कथा फुस्कियो ।

एकछिन कुराकानी गरेपछि सबै जना सुत्नका लागि आफ्नो कोठामा जानुभयो । आकाश भने गहिरो सोचाइमा पच्यो । भित्रभित्रै उसले सोच्न थाल्यो, अब यहाँ बसेर के गर्ने होला, यहाँको स्कुलमा कसरी भिज्ने होला | सबै कुरा नयाँ हुँदैछ । सोच्दासोच्दै क भुसुक्क निदायो ।

उसलाई स्कुलमा भर्ना गरियो । क मन नलागी नलागी स्कुलतर्फ लाग्यो । त्यहाँ उसका चिनेका साथी थिएनन्‌ | क स्कुलको पर्खालमा अडिएर बसिरहेको थियो । कोही उसलाई साथी बनाउन आएनन्‌ । तिमी अमेरिकाबाट आएको भनी हाँस्न थाले । आकाश केही बोलेन । कक्षाकोठामा गयो तर उसले केही बुझेन । दिउँसो पनि क एक्लै बसेर खाजा खायो |

उसलाई त्यतिबेला अमेरिकाको स्कुलको याद आयो । टेक्सासको क्यान्टिन सम्झँदा उसको मन चसक्क भयो | छुट्टी भएर र घर गयो | समय बित्दै थियो । एकदिन अङ्ग्रेजी भाषाको कक्षामा शिक्षकले कविता लेख्न लगाउनुभयो । सबैले आफ्नो-आफ्नो विषय लिएर कविता लेख्न थाले । आकाश अगाडि हेरेर बस्यो । उसको कलम चलेन ।

यत्तिकैमा शिक्षक आएर सोध्नुभयो, 'के भयो आकाश ? किन नलेखेको ?”

आकाश भस्क्यो, "म.. मलाई केही पनि कुरा लेख्न आउँदैन सर ।

शिक्षक केही बेर टोलाएर बस्नुभयो र बिस्तारै भन्नुभयो, "बिस्तारै सिक्दै जानुपर्छ । तिमी पनि लेख्न, पढ्न सक्ने बन्नेछौ । तिम्रो इच्छा जोड्ने छ त्यसैमा कोसिस जारी राख | तिमीलाई सबै कुरा समयले पनि सिकाउँछ ।“

त्यो दिन उसले शिक्षकसित पहिलो पटक आफूभित्र रहेका भावनाहरू पोख्यो । घर फर्किएपछि उसले नोटबुक लिएर लेख्न थाल्यो । उसले अमेरिका बस्दाका अनुभवहरूलाई आफ्नो डायरीमा लेख्न थाल्यो । त्यस्तै गरी नेपालमा आफूले बिताएका पलहरूलाई पनि डयरीमा समेट्न थाल्यो ।

समय बित्दै गयो । छिमेकीको छोराले एकदिन खेल्नका लागि आकाशलाई बोलायो, "ए आकाश, फुटबल खेल्न आउँछस्‌ ? हामी तीन जना छौँ, एक जना कम छ | तँ भइस्‌ भने हाम्रो टिम पुग्छ ।'

आकाश पहिले त उनीहरूसित जान हिच्किचायो तर पछि के सोच्यो कुन्नि ? क साथीहरूसित खेल्न गयो |

माटोमा खेल्दा उसका जुत्ता पुरै सेतोबाट खैरो भए, तर मन भने हल्का भयो । उसको साथीले हाँस्दै भन्यो, तिमी अमेरिकाबाट आएको मान्छे यस्तो माटोमा खेल्न डर लाग्दैन ?”

आकाश पनि हाँस्यो र भन्यो, "माटो त माटै हो, जहाँको भए पनि ।”

त्यस दिन पहिलोचोटि उसले नेपालमा आफ्नो मन अडिएको महसुस गच्यो । राति उसले आमासँग भन्यो, "आमा, यहाँ पनि ठीकै त रहेछ | सुरूमा मलाई यहाँ बस्न सक्छुजस्तो लागेको थिएन । तर त्यस्तो होइन रहेछ ।“

आमाले उसको कपाल मुसार्दै भन्नुभयो, "धेरै मानिसहरूले आफ्नो देशमा बस्न नपाएर शरणार्थी जीवन बिताइरहेका छन्‌ बाबु । हामी फर्कियौं, दुःख त छ, तर हामीसित आफ्नै जमिन पनि त छ ।“

आकाशको मनमा त्यो वाक्य गहिरो गरी बस्यो । सिरिया, अफगानिस्तान, सुडान, युक्रेनतिरका धेरै मानिसहरू आफ्नो घर, सपनासँगै बगेर हिँड्न बाध्य छन्‌ । आकाशले अब बल्ल बुझ्न थाल्यो - बसेको ठाउँ बदलिँदै जाँदा मान्छेको मन पनि बद्हिँदै जान्छ तर ठाउँ बदलियो भनेर मानिस हराउँदैन रहेछ । हराउने त आत्मविश्वास पो रहेछ ।

केही महिनापछि आकाशको स्कुलमा विद्यार्थीको प्रतिभा दे खाउने कार्यक्रम आयो | सबैले आफ्नो कला देखाउने कार्यक्रम थियो त्यो । यसमा आकाशले पनि सहभागिता जनाएको थियो । आकाश मञ्चमा उक्लियो र आफूले लेखेको कविता सुनायो । जुन कवितामा उसले दुई देशबिच रहेको एउटा बालकको मन, डर, अभिलाषा र बिस्तारै उदाएको साहस लेखिएको थियो ।

कविता सकिँदा हल चुपचाप भयो अनि जोरजोरको ताली बज्यो । कक्षा बाहिर निस्कँदा सहपाठीहरूले उसको काँध समाएर भने, 'तिम्रो त राम्रो रहेछ त लेखाइ ।”

आकाश मुस्कुरायो | त्यो मुस्कानमा कति राहत मिसिएको थियो भन्ने कुरा उसले मात्र जान्दथ्यो । आकाश अझै पनि कहिलेकाहीँ अमेरिकाको सम्झनामा हराउँथ्यो तर उसले बुझ्न थालेको थियो कि मानिस कहिले र कहाँ जन्मिन्छ, कहाँ बस्छ, त्यो परिस्थितिले हो तर आफूले आफूलाई कत्तिको बलियो कहाँ बनाउँछ त्यो नै उसको असली घर हो । त्यस दिनदेखि आकाशलाई लाग्यो, "हो, ठाउँ बदहिँदैमा भने के हुन्छर? मत म नै हुँ । फेरि उठ्न त सक्छु ।“

उसको त्यही सोचाइबाट उसको कथा झनै गहिरो, झनै जीवन्त, झनै आफ्नो भयो । जसरी नयाँ ठाउँमा उम्रने बिरूवाले बिस्तारै जरै जमाउँछ, त्यसरी नै उसले आफ्नो माटोमा आफ्नो पहिचान बनायो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children