Skip to main content

समयको महत्त्व

उज्वल भक्त श्रेष्ठ

कक्षा : सात (कर्णाली)

धेरै वर्ष पहिलेको कुरा हो | किर्तिपुरको एक बस्तीमा एक प्रतिष्ठित व्यक्ति बस्थे । उनको चालचलन, व्यवहार, रहनसहन सबै उत्कृष्ट थियो । उनी आफ्नो घर परिवार मात्र नभइ समाजमा पनि सहयोगी,दयालु तथा नग्न व्यक्तिको रुपमा चिनिएका थिए | उनी कसैको दुःख देख्न सक्दैनथे । उनी समाजसेवा गर्न अत्यन्तै मन पराउँथे । सबैलाई आफूले सकेको सहयोग गर्नु नै धर्म सम्झन्थे । परिवारमा पनि सबैले उहाँलाई आदर गर्थे ।

समय बित्दै गयो । उनका दुई छोरा र दुई छोरी थिए । उनी व्यवसायी पनि थिए तर उनको व्यवसायभन्दा पनि बाहिर साथीभाइसँग घुलमिल भएर सामाजिक काममै धेरै समय खर्च हुन्थ्यो तर घर परिवार, बालबच्चा र उनीहरूको पढाइप्रति चाहिँ उनले पर्याप्त ध्यान दिन सकेका थिएनन्‌ । छोराछोरीहरूको भविष्य समेत राम्रो हुन सकेन ।

उनी बेलुका बेलुका साथीभाइसँग रमाइलो गर्ने, टोलका विकास निर्माणका कुरामा व्यस्त हुने गर्थे । उनले व्यापारमा पनि पहिला जस्तो मन लगाएर काम गर्न छोड्न थाले । समयसँगै व्यापारमा प्रतिस्पर्धा बढ्दै गयो तर उनी नयाँ सोचका साथ अघि बढ्न सकेनन्‌ । छोराहरू पनि प्रतिस्पर्धात्मक व्यापारमा सफल हुन सकेनन्‌ र नयाँ उपाय ल्याउन पनि सकेनन्‌ | यसै कारण समाजसेवा र व्यवसाय दुवै क्षेत्रमा उनलाई चुनौती थपिँदै गयो | मान-मर्यादामा पनि कमी आउन थाल्यो ।

मान घट्दै जाँदा उनी निराश बन्दै गए । घरमा छोराछोरीहरूले पनि राम्रो गतिले पढ्न-लेख्न सकेनन्‌ । उनीहरूले जागिर धान्न नसक्ने, घरको दायित्व पूरा गर्न नसक्ने अवस्था आयो | छोराछोरीहरूले नै बाबुलाई समयमा परिवारलाई ध्यान नदिएको भनेर दोष दिन थाले । यसरी उनी परिवारकै नजरमा पनि ओभेल पर्न थाले ।

ज्ञान र सीप हुँदाहुँदै पनि समयमा आफ्नो परिवार र व्यवसायलाई प्राथमिकता नदिँदा आर्थिक र सामाजिक समस्या थपिँदै गयो । एक समय प्रतिष्ठित मानिएका व्यक्तिको नाममा प्रश्न उठ्न थाल्यो । उनको टोल, समाज, गाउँमा समेत सम्मान कम हुँदै गयो । पहिले गाउँभरि प्रख्यात मानिएका उनका कुरा सबैले बिर्सन थाले | जब आर्थिक रुपमा कमजोर भए, समाजले बोलाउने, सम्झने कुरा पनि कम हुँदै गयो ।

यही भएर भनिन्छ "बलेको आगो मात्र ताप्ने हाम्रो समाजमा सधैँ बलिरहन सक्नुपर्छ ।'

समाजमा धेरै समय खर्चेर व्यवसायलाई उपेक्षा गर्नु नै उनको लागि ठूलो गल्ती सावित भयो । उनले बनाइदिएका सामूहिक धारा, पाटी-पौवा आज पनि छन्‌, तर उनी आफू र आफ्नो व्यवसायलाई कसैले साथ नदिएको महसुस भएर भित्रभित्रै दुःखी थिए ।

घरका छोराछोरीहरूले पनि राम्रो भविष्य नपाउँदा बुवालाई नै दोष दिए । यसरी दुःखी हुँदै जाँदा उनको स्वास्थ्य पनि कमजोर हुँदै गयो र अन्ततः सहाराको भर पर्न थाले ।

एक दिन उनलाई प्रोष्टेट' रोगका कारण अचानक बेहोस भइ अस्पताल पुन्याउनुपन्यो । उनको अपरेशन गर्नुपर्ने अवस्था आयो तर आर्थिक अवस्था कमजोर भएकाले खर्च जुटाउन कठिन भयो । त्यसबेला समाजको केही गन्यमान्य व्यक्तिहरूले सहयोग गरे र अपरेशन सफल भयो । केही दिनपछि जब उनलाई थाहा भयो कि समाजका मानिसहरूले सहयोग गरेका रहेछन्‌ तब उनी खुसी त भए तर उनलाई यस्तो समय पनि जीवनमा भोग्नुपन्यो भनेर खिन्नता महसुस भयो | उनले मनमनै भने,

"मेरो उद्देश्य यस्तो दिन देख्नु थिएन | समाजमा राम्रो काम गर्दा नाम-मान पाउनुपर्छ । राम्रो उदाहरण बन्नुपर्ने जति सबै प्रयास गरेँ, तर आफ्नै परिवारलाई उपेक्षा गरेछु भन्ने आज वास्तविकता महसुस भयो ।”

अहिले उनी सबैलाई भन्छन्‌ "घर-परिवार बलियो भयो भने मात्र समाज बलियो बन्छ । समाज राम्रो भयो भने मात्र मानिसको नाम चम्किन्छ ।”

हाम्रो समाजमा पैसाको कदर गरिन्छ, तर सम्मान कमाउने भनेको निरन्तर परिश्रम र जिम्मेवारीले गर्दा हो । उनले आफ्ना गल्तीहरू समयमा नबुझूदा आफू 'डिप्रेसन' जस्तो रोगसम्मको सिकार भएको बताउँथे ।

समाजसेवामा केवल पैसा मात्र होइन, तन, मन र धन तीनवटै आवश्यक पर्छ भन्ने उनको धारणा थियो । मन भएकोले थोरै-थोरै धन संकलन गरेर पनि ठूलो काम गर्न सकिन्छ भन्ने उनको उदाहरण थियो । उनले सामूहिक धारा, ५०,००० लिटरको पानी ट्याङ्की निर्माण, पोखरीमा माछापालन, त्यसबाट आएको आम्दानीले टोल सुधार, रक्तदान कार्यक्रम, वृक्षरोपण, पाँच जना आर्थिक रुपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति दिने जस्ता थुप्रै उदाहरणीय काम गरे का थिए |

८१ वर्षको उमेरमा उनले यो संसारबाट बिदा लिए । तर आजसम्म पनि उनको नाम त्यस ठाउँमा सम्मानका साथ लिइन्छ ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children